बुटवल– बिहानैदेखिको अविरल वर्षापछि आज अपराह्न तिनाउ नदीमा आएको बाढीले बगाउँदा एक महिला बेपत्ता भएकी छन् भने एक बालकको उद्धार गरिएको छ ।


ADVERTISEMENT


बिहानदेखि परिरहेको वर्षापछि तिनाउमा उर्लिएको भेलले मगर घाटबाट खोला तर्दै गरेका दुई जनालाई बगाएको थियो । खोलामा बगेका बुटवल–२ का नौवर्षीय आकाश थारुको उद्धार गरिए पनि बुटवल–१७ मोतीपुरकी ४५ वर्षीया लक्ष्मी थापा बेपत्ता भएकी छन् ।


ADVERTISEMENT

# # #


प्रहरीले नदी आसपासमा खोजी जारी राखेको इप्रका बुटवलका प्रहरी नायब उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए । पानी नभएको सुख्खा बगरबाट पारि जाँदै गर्दा एक्कासि आएको बाढीले उनीहरुलाई बगाएको स्थानीयवासीले बताएका छन् ।