काठमाडौँ – संसद्विरुद्धको रिटमाथि आज सुनुवाइ हुँदैछ ।


ADVERTISEMENT


आजको सुनुवाइमा कानून व्यवसायीको मागअनुसार उक्त मुद्दा वृहत् सुनुवाइमा जाने र संवैधानिक इजलासमा को को न्यायाधीश रहने भन्ने निक्यौल हुनेछ ।


ADVERTISEMENT

# # #


आजको सुनुवाइमा अब विघटनको विषयलाई बृहत् पूर्ण इजलासमार्फत सुनुवाइ गरी टुंगो लगाउने कुरामा आजको इजलासले निर्णय गर्छ वा गर्दैन चासोको विषय बनेको छ ।

संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट विचाराधीन रहेका छन् । पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् । विघटनकै भोलिपल्ट प्रधानमन्त्रीको उक्त कदम असंवैधानिक भएको भन्दै सर्वोच्चमा १२ वटा रिट परेका थिए ।

पुस ८ को प्रारम्भिक छलफलमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासले संसद् विघटनविरुद्धका रिटको सुनुवाइका लागि संवैधानिक इजलासमा पठाउने आदेश दिएका थिए दिएका थिए ।

जसअनुसार पाँच वा सोभन्दा बढी न्यायाधीश संलग्न भए त्यसलाई बृहत् पूर्ण मानिन्छ ।