काठमाडौँ – नेपालमा कोरोना खोपको क्लिनिकल ट्रायल हुने भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषदले कोरोनाविरुद्धको क्लोभर बायोफार्मास्युटिकल्सको खोपको ट्रायल नेपालमा गर्न इथिकल अप्रुभल दिएको छ ।


ADVERTISEMENT


ट्रायलका लागि आवश्यक प्राविधिक काम भइरहेको परिषद्ले जनाएको छ ।


ADVERTISEMENT

# # #


अस्ट्रेलियाले विकास गरेको यो खोपको ट्रायल कोभ्याक्स सुविधाअन्तर्गत गर्न लागिएको हो । विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले खोप निर्माण भएपछि गरीव मुलुकमा २० प्रतिशत जनताका लागि खोप प्रदान गर्ने बताएको छ, जसलाई कोभ्याक्स सुविधा भनिन्छ । डब्लूएचओले नेपाललाई पनि कोभ्याक्स सुविधाअन्तर्गत राखेको छ ।

खोको ट्रायल काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल तथा धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय अन्तर्गतको धुलिखेल अस्पतालमा हुने परिषद्ले जनाएको छ । परिषद्काअनुसार १८ सय जनामा यसको ट्रायल गरिनेछ । ट्रायलका लागि दक्षिण कोरियास्थित इन्टरनेसनल भ्याक्सिन इन्स्टिच्युटले सहयोग उपलब्ध गराएको छ ।