काठमाडौँ – भारतले बनाएको कोरोना खोप निर्यात गर्ने तयारी गरेको छ ।


ADVERTISEMENT


भारतमा शनिवारदेखि कोभिशिल्ड र कोभ्याक्सीन गरी दुई वटा खोप आपत्कालीन प्रयोगमा आउँदैछन् ।


ADVERTISEMENT

# # #


भारतीय विदेशमन्त्री एस जयशंकरले भारतले कोरोना भाइरस भ्याक्सिन निर्यात गर्ने सम्बन्धमा केही सातामा नै निर्णय गर्ने बताए ।

केही साताअघि भारतले कोभिडविरुद्धको खोप तत्काल निर्यात नगर्ने बताएको थियो । यद्यपि, कम्पनीले आवश्यकताअनुसार खोप उत्पादन गर्ने भएपछि खोप निर्यातमा प्रतिवन्ध नलगाउने निर्णय सरकारले गरेको थियो ।

नेपालसहित विभिन्न मुलुकले खोपका लागि पत्र पठाएका छन् । भोलि हुने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको भारत भ्रमणमा खोप आयातसम्बन्धी छलफल हुने कार्यक्रम समेत रहेको छ ।