काठमाडौँ – नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका कार्यबाहक प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाई र भन्सार विभागका महानिर्देशक सुमन दाहालबीच भेटवार्ता भएको छ ।


ADVERTISEMENT


बुधबार भएको छलफलमा आपसी हितमा काम गर्ने सहमती भएको नेपाल लाईफले जनाएको छ । भेटका अवसरमा भन्सार विभागका महानिर्देशक दाहालले आफ्ना भन्सार विभागका कर्मचारीमा जीवन बीमा सचेतना अभिवृद्धि गर्न साथ र सहयोगको अपेक्षा व्यक्त गरे । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका कार्यबाहक प्रमुख कार्यकारी अधिकृत प्रसाईले आफ्नो व्यक्तिगत तथा कम्पनीको तर्फबाट बीमा जागरणमा सदैव भूमिका रहने प्रतिवद्धता व्यक्त गरे ।


ADVERTISEMENT

# # #


भन्सार विभागका महानिर्देशक दाहालले र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका कार्यबाहक प्रमुख कार्यकारी अधिकृत प्रसाईले एक आपसमा आवश्यकताका आधारमा सहयोग तथा सहकार्य गर्दै जाने बताए । उक्त भेटघाट भन्सार विभागको कार्यालय, त्रिपुरेश्वरमा भएको थियो ।