काठमाडौँ – कामना सेवा विकास बैंक लिमिटेडको चौधौं वार्षिक साधारणसभा बुधबार बूढानीलकण्ठ स्थित पार्क भिलेज रिसोर्टमा सम्पन्न भएको छ ।


ADVERTISEMENT


कम्पनी ऐन, २०६३, बैंकको नियमावली तथा प्रचलित कानून अनुसार बोलाइएको वार्षिक साधारण सभा कोभिड–१९ को प्रभावको कारण नेपाल सरकारद्वारा जारी स्वास्थ्य सम्बन्धी मापदण्डको पालना गर्दै भिडियो कन्फ्रेन्सको माध्यमबाट सञ्चालन गरिएको थियो । साधारण सभामा बैंकको चुक्ता पूँजीको झण्डै ६० प्रतिशत भन्दा बढी शेयरधनीको प्रतिनिधित्व हुने गरी ३७ जना शेयरधनी स्वयम् उपस्थिति रहेका थिए । यस्तै १०० जना भन्दा बढी शेयरधनीहरुजुममार्फत जोडिएको बैँकले जनाएको छ ।


ADVERTISEMENT

# # #


साधारणसभाले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजी रु २ अर्ब ५४ करोड ०१ लाख ९५ हजार ३५२.०२ को ४.४० प्रतिशतका दरले हुने रकम रु. ११ करोड १७ लाख ६८ हजार ३७९.५७ बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । जसमा लाग्ने कर प्रयोजनका लागि ०.२३ प्रतिशत अर्थात रु. ५८ लाख ८२ हजार ५४६.२९ बराबरको लाभांश कर प्रयोजनार्थ समेत गरी कुल ४.६३ प्रतिशत लाभांश हुन आउने बैँकले जनाएको छ ।

बैंकले आ.व. २०७७/०७८ को लेखापरीक्षण गर्नको लागि बैंकको लेखापरीक्षण समितिद्वारा सिफारिस गरिएबमोजिम लेखापरीक्षक जि.पि. राजवाहक एण्ड कम्पनी चार्टड एकाउन्टेण्ट्सलाई पून नियुक्ति गरेको छ । उक्त सभामा बैंकका अध्यक्ष सुदिप आचार्यले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, बैंकको आर्थिक वर्ष २०७६/०७७ को वासलात, नाफा/नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायत संक्षिप्त विवरण र भावी कार्ययोजना प्रस्तुत गरे ।

त्यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकलाई अत्याधिक प्रतिस्पर्धात्मक बजारमा एक अब्बल विकास बैंंकको रुपमा स्थापित गराउने कार्ययोजना सहित अगाडि बढेको बताए ।