काठमाडौँ – नेकपा प्रचण्ड–नेपाल पक्षले काँग्रेस सभापति शेर बहादुर देउवाको घरमै पुगेर प्रधानमन्त्रीका लागि अफर गरेको छ ।


ADVERTISEMENT


प्रचण्ड–नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल देउवा निवास बुढानिलकण्ठमा पुगी प्रधानमन्त्रीका लागि अफर गरेका हुन् ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद् विघटन गरेपछि प्रचण्ड नेपाल पक्ष सरकारको विरोधमा उत्रिएका छन् । प्रधानमन्त्रीको कदम असंवैधानिक भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस पनि विरोधमा उत्रिएकोमा काँग्रेस सभापति देउवाले भने प्रधानमन्त्रीलाई साथ दिइरहेको चर्चा हुने गरेको छ । देउवाले काँग्रेस चुनावमा जान तयार भएको बताउँदै यसका लागि तयारी समेत गर्न थालिसकेका छन् ।

यही क्रममा देउवालाई फकाउन बुधवार साँझ प्रचण्ड–नेपाल बुढानिलकण्ठ पुगेका थिए । देउवानिकट स्रोतकाअनुसार प्रचण्ड नेपालले देउवासँग आन्दोलन र सत्ता साझेदारीका लागि प्रस्ताव गरेका थिए । देउवाले पार्टीसँगको छलफलपछि मात्र निर्णय दिने बताएको जानकारी स्रोतले दिएको छ ।

 

तस्वीर : फाइल