मोरङ – ‘योग गरौँ डटेर, कोभिड जान्छ हटेर’ प्रमुख नाराका साथ छैटौँ राष्ट्रिय योग दिवस २०७७ मोरङमा मनाइएको छ ।


ADVERTISEMENT


मानिसको जीवन शैलीलाई सहि ढङ्गले व्यवस्थापन गर्न नियमित योग गर्नुपर्ने योगगुरुहरु बताउँछन् । योगले मानिसलाई निरोगी मात्र नभई दीर्घजीवी पनि बनाउँछ । सम्पूर्ण ब्रह्माण्डको शक्ति पृथ्वी तर्फ आउने भएकाले समयमा योग गर्न सकेमा मानिसको जीवन शैलीमा परिवर्तन आउने र धेरै कुरामा सुधार आउने बताइएको छ ।


ADVERTISEMENT

# # #


आयोजित कार्यक्रमा सहभागी जिल्ला समन्वय समिति मोरङका संयोजक नरेश पोखरेलले निःशुल्क उपचार गर्ने पद्धति योगलाई जीवनमा उतार्नुपर्ने बताए। उनले भने ,“ योग गर्दा मेरो शरीर फूर्तिलो भएको छ, कुनै पनि रोग लागेको छैन ।” मोरङका सहायक प्रमुख जिल्ला अधिकारी मुकेश केशरीले योग नियमित बनाउन सके व्यस्त जीवनलाई सजिलो बनाउन सकिनेमा जोड दिए ।

सुनसरी मोरङ सिँचाइ आयोजनाका प्रमुख भिलानन्द यादवले व्यस्त मानिसका लागि योग निकै फाइदा हुने बताए । जिल्ला आयुर्वेद केन्द्र मोरङका प्रमुख नेत्रबहादुर बस्नेतले योग र आयुर्वेद आपसमा जोडिएको र योगबाट धेरै बिरामीको उपचार हुने जानकारी गराए । जिल्ला आयुर्वेद केन्द्र सुनसरीका डा मुकेशकुमार सिंहले योगले क्रोध शान्त बनाउने बताए। योगाभ्यासमा सहभागी चन्द्रकिशोर विश्वास र विनिता रेग्मीले योग गर्दा शुरुमा अप्ठ्यारो भए पनि पछि सजिलो हुने र यसले शरीरलाई स्वस्थ राख्न सहयोग गर्ने बताए । रासस