काठमाडौँ – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले ‘माघे सङ्क्रान्ति’ को अवसरमा शुभकामना व्यक्त गरेका छन् ।


ADVERTISEMENT


उनले पहिले देखि विभिन्न जातजातिको बसोवासको रूपमा रहेको नेपालमा विभिन्न भाषा, धर्म, संस्कृति र चाँडपर्वको आफ्नो विशिष्ट पहिचान रहेको तथा एकले अर्काको संस्कृतिलाई आदर र सम्मान गर्ने आफ्नै परम्परा रहेको उल्लेख गर्दै सामाजिक सद्भाव अघि बढ्नुपर्ने बताए ।


ADVERTISEMENT

# # #


भौगोलिक, जातीय र सांस्कृतिक विविधतामा रहेको हाम्रो देशमा मनाइने यो पर्वले आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्दै सामाजिक सद्भाव बढाउन महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको भनाइ उनको थियो । रासस