काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारमा केन्द्रित भएको जनताको अधिकार जनताको घर घरमा पुर्याउन स्थानीय तहको निर्वाचन अति आवश्यक भएको बताएका छन् ।


ADVERTISEMENT


थकाली जातिको महान् संस्कृतिक चाड तोरन्ल २०७३ को आज शुभारम्भ गर्दै उनले भने– “संविधान कार्यान्वयन र जनताको अधिकार स्थापित गर्न स्थानीय तहको निर्वाचन घोषणा भएको हो ।”प्रधानमन्त्री प्रचण्डले मधेसका जनताका मागलाई सम्बोधन गरेर मुलुकलाई एकताबद्ध बनाएर देशमा स्थायित्व र समृद्धि ल्याउनुपर्छ भन्दै त्यसका लागि सबै नेपालीको साथ आवश्यक भएको बताए ।


ADVERTISEMENT

# # #


मुलुक चुनौती र अवसरका बीचमा उभिएको चर्चा गर्दै उहाँले लामो समयपछि समावेशी र समानुपातिक संविधान घोषणा भएको र त्यसलाई फराकिलो बनाउन संविधान संशोधन आवश्यक रहेको छ भने।प्रधानमन्त्री प्रचण्डले न्याय, समानता र स्वतन्त्रताका लागि निरन्तर लड्न तयार थकाली जातिको धर्म संस्कृतिको जगेर्नाका लागि आफूले अथक प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्दै यसका लागि सरकारको तर्फबाट आर्थिक सहयोग गर्ने विश्वास व्यक्त गरे ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले ८७ वर्षका उमेरमा संसारको सबैभन्दा अग्लो हिमाल सगरमाथा चढ्ने तयारीमा रहेका आरोही मीनबहादुर शेरचनलाई सम्मानसहित शुभकामना व्यक्त गरेका थिए ।

तोरन्लमा थकालीहरुले तीन दिनसम्म आ–आफ्ना पितृलाई सम्झने गर्छन् । प्रायः सबै जनजातिले आ–आफ्ना चाडका अवसरमा सार्वजनिक बिदा पाएको उल्लेख गर्दै उनीहरुले तोरन्लका अवसरमा बिदा दिनुपर्ने माग गरेका छन् ।