गोरखा –गोरखाको शहीद लखन गाउँपालिकास्थित मनकामना मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीको सङ्ख्या बढ्दै गएको छ ।


ADVERTISEMENT


कोरोना भाइरसका कारण नौ महिना बन्द भई गत मङ्सिर २८ गतेदेखि खुला गरिएको मनकामना मन्दिरमा आउने दर्शनार्थीको सङ्ख्या हरेक दिन बढ्दै गएको मन्दिरका मूल पुजारी इन्सान थापाले जानकारी दिए। उनका अनुसार शनिबार एकै दिन पाँच हजारभन्दा बढी दर्शनार्थीले मन्दिरको दर्शन गरेका छन् । स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई मन्दिर दर्शनका लागि खुला गरिएको पुजारी थापा बताँउछन।


ADVERTISEMENT

# # #


यसैबिच मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले शनिबार एकै दिन चार हजार ५०० ले केबलकार चढेको बताए । उनका अनुसार कोरोना महामारीका कारण बन्द भएपछि सञ्चालनमा आएको केबलकार चार हजार ५०० जनाले चढेको पहिलोपटक हो । कोरोना महामारीअघि सार्वजनिक बिदा र शनिबारका दिन चार हजार ५०० भन्दा बढी दर्शनार्थी केबलकार चढेर मनकामना मन्दिर पुग्ने गर्दथे ।

मनकामना मन्दिर जान दर्शनार्थीको सहजताका लागि सञ्चालनमा रहेको मनकामना केलबकारको प्रदेशद्वार बटम स्टेशन चितवनको इच्छाकामना–४ चेरेसमा रहेको छ । दर्शनार्थी केबलकारबाहेक मोटरबाटो र पैदलमार्फत पनि मन्दिर पुग्ने गर्दछन् । रासस