काठमाडौँ –  गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार कोभिड – १९ को सङ्क्रमणबाट विदेशका २० देशमा ३१९ नेपालीको निधन भएको छ ।


ADVERTISEMENT


सङ्घको स्वास्थ्य समितिका संयोजक सञ्जिव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ५४ हजार ५९१ जना नेपालीमा सङ्क्रमण देखिएका मध्ये ५२ हजार ९४५ जना कोरोनामुक्त भएका छन् । यो कूल सङ्क्रमितको ९५ प्रतिशत हो । यस साता बेलायत, जापान, साउथ अफ्रिकालगायत मध्यपूर्वमा रहेका थप नेपालीमा सङ्क्रमण देखिएको छ ।


ADVERTISEMENT

# # #


यस्तै भाइरसका कारण नेपालमा एक हजार ९५४ जनाको निधन भएको छ । नेपालमा भाइरसबाट सङ्क्रमण हुनेको सङ्ख्या दुई लाख ६७ हजार ५६ जना छ भने दुई लाख ६१ हजार ४४ जना अर्थात् ९७।८ प्रतिशत कोरोनाबाट मुक्त भएको सङ्घ, कोभिड–१९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले बताए।

ब्रिटेन र दक्षिण अफ्रिकामा देखा परेको कोरोना भाइरसको नयाँ स्वरुप कोरोनाभाइरस भेरियन्ट विरूद्ध अहिले बजारमा आएको खोप प्रयोग गर्न सकिने भएको छ । उनका अनुसार पछिल्लो छोटो अनुसन्धानले फाइजर र बायोएन्टेक लगायतका भ्याक्सिन नयाँ प्रकृतिको कोरोना भाइरसका विरूद्धमा प्रभावकारी हुने देखाएको हो । रासस