हुम्ला – नेपालगञ्ज र सुर्खेतबाट हवाई मार्ग हुँदै हुम्ला आउने यात्रुलाई अब कोरोनाको पिसिआर रिपोर्ट नचाहिने भएको छ । यसअघि जिल्ला प्रवेश गर्दा अनिवार्य रिपोर्टको प्रावधान थियो । २०७६ चैत ११ गतेदेखि कारोना जोखिम हुन नदिन लकडाउन जारी गरिए पश्चात जिल्लाका नागरिक आवतजावत गर्नका लागि पिसियार रिपोर्ट अनिवार्य गरिएको थियो ।


ADVERTISEMENT


जिल्ला प्रशासन कार्यालयको कोभिड विपत व्यवस्थापन समितिको बैठकले अनिवार्य पिसिआर नचाहिने निर्णय गरेपछि जिल्ला बाहिरबाट सदरमुकाम आउँदा रु दुई हजार तिरेर पिसिआर रिपोर्ट ल्याउनु पर्दा समस्यामा परेका जिल्लावासीले छुटकारा पाएका छन् । अब सिमिकोट आउँदा पिसिआर रिपोर्ट नचाहिने प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले जानकारी दिए ।
जिल्ला बाहिरबाट आएका व्यक्तिलाई विमानस्थलको हेल्थ डेक्सले नियमित कोरोना चेकजाँच गर्ने भएको छ । रासस


ADVERTISEMENT

# # #