रामपुर– रानीमहल बचत तथा ऋण सहकारी संस्था तानसेन, पाल्पाले गत आर्थिक वर्षमा रु पाँच करोड २७ लाख ३५ हजार १४१ बराबरको कारोबार गरेको छ ।


ADVERTISEMENT


गत आवमा रु तीन करोड ९० लाख ९१ हजार ७५० निक्षेप संकलन रु तीन करोड २५ लाख ८४ हजार निक्षेप फिर्ता, रु चार करोड २० लाख ऋण लगानी गरेको लेखा संयोजक चिरञ्जीवी शर्मा ढुंगानाले बताउनुभयो ।


ADVERTISEMENT

# # #


संस्थाले रु २० लाख ५३ हजार २४४ नाफा गरेकामा रु १३ लाख ५९ हजार ४१ खर्च गरी रु पाँच लाख ५५ हजार ६३६ खुद नाफा गरेको छ ।

सहकारीको आगामी कार्यक्रममा शेयर पूँजी वृद्धि गर्ने, नगरपालिकाभित्रका सहकारीसँग सहकार्य गरी काम गर्ने, शेयर सदस्यलाई निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था गर्ने, संस्थाका शेयर सदस्यले तालीम माग गरेमा तत्काल सञ्चालन गर्ने, नियमित ऋणको कारोबार गर्ने शेयर सदस्यलाई ब्याजदरमा ०।५ प्रतिशत छुट दिने, एकमुष्ट रकम जम्मा गर्ने शेयरधनीलाई विशेष सम्मान गर्ने अध्यक्ष भूगोलप्रसाद वैजुले बताउनुभयो ।