काठमाडौँ– उपकप्तान ज्ञानेन्द्र मल्लको शतकसँगै नेपालले दोस्रो अभ्यास खेलमा मायलापुर रिसेप्सन क्लबमाथि ५१ रनको जित हात पारेको छ ।


ADVERTISEMENT


नेपालले दिएको २५२ रनको लक्ष्य पछ्याएको मायलापुरले ५० ओभरमा ८ विकेट गुमाएर १९९ रन बनायो । नेपालका सुशन भारी, सागर पुन र दिपेन्द्र सिंह ऐरीले २(२ विकेट लिए भने सन्दिप लामिछानेको नाममा एक विकेट रहृयो ।


ADVERTISEMENT

# # #


यसअघि पहिले ब्याटिङ गरेको नेपालले ७ विकेट गुमाएर २५१ रन बनाएको थियो । उपकप्तान मल्लले १०० रन बनाए । १२३ बलको सामना गरेका उनले १३ चौका र एक छक्का हाने । शरद भेषावकरले ४८ रन बनाए भने सागर पुनले २५, पारस खड्काले २२ र करण केसीले २० रन बनाए ।

विनोद भण्डारी शून्यमा आउट हुँदा सोमपाल कामी १६ र आसिफ शेख ६ रनमा अविजित रहे ।