काठमाडौँ – सरकारसँग भएको सम्झौताको म्याद सकिएपनि उखु किसानहरुले बाँकी रहेको बक्यौता नपाएको गुनासो गरेका छन् ।


ADVERTISEMENT


गत पुसमा उखु किसानहरुले बाँकी रहेको बक्यौता दिलाइदिन भन्दै दुई साता लामो आन्दोलन गरेका थिए । पुस १३ गते सरकारले उद्योगीबाट बाँकी रहेको बक्यौता दिलाइदिने प्रतिवद्धता गरेपछि उनीहरुले आन्दोलन स्थगन गरेका थिए ।


ADVERTISEMENT

# # #


किसानहरुले २२ वटा मिलबाट ९० करोडभन्दा बढी बक्यौता उठाउन बाँकी रहेकोमा केही उद्योगले भुक्तनी गरेका छन् । यद्यपि, अझौ करीब २० करोड बढी भुक्तानी उठाउन बाँकी रहेको किसानहरुले बताएका छन् ।

सरकारले २१ दिनभित्र सबै रकम भुक्तानी नभए २२ औं दिनबाट उद्योगीको जायजेथा उद्योग मन्त्रालयले जफत गरेर भए पनि किसानलाई रकम उपलब्ध गराउने मौखिक सहमति गरेपनि सहमति कार्यान्वयनमा नआएको उखु किसान संघर्ष समिति सर्लाहीका संरक्षक राकेश मिश्रले बताए ।

किसान सँग गरिएको सम्झौताअनुसार म्याद नाघेको तीन साता हुँदा पनि सरकारले आवश्यक पहल कदम नचालेको उनको भनाइ छ ।