मकवानपुर –महान्यायाधिवक्ताको कार्यालले कारागार कार्यालय, भिमफेदीमा रहेका कैदीबन्दीहरुका लागि किताव हस्तन्तरण गरेको छ ।


ADVERTISEMENT


कारागार कार्यालय, भिमफेदीको परिसरमा आयोजित एक कार्यक्रमका बीच महान्यायाधिवक्ताको कार्यालयका सहायक न्यायाधिवक्ता श्री शिव वाग्लेले कारागार कार्यालय, भिमफेदीका प्रमुखलाई पुस्तक हस्तान्तरण गरेका हुन् ।


ADVERTISEMENT

# # #


कारागारहरुमा रहेका पुस्तकालयलाई थप सुदृढ तुल्याउन सामान्य लेखपढ गर्न जान्ने तथा उच्च शिक्षा हाँसिल गरेका थुनुवा तथा कैदीबन्दीहरुका लागि सुहाउँदा किताव हस्तान्तरण गरिएको हो । कैदीबन्दीहरुका हक अधिकारका सम्बन्धमा के के व्यवस्थाहरु रहेका छन्, आफूलाई कुन दफा अन्तरगत मुद्दा चलाइएको हो र के कति कैद भुक्तान गरिएमा छुटकारा पाउन सकिन्छ जस्ता विषयमा बन्दीहरुले आफै अध्ययन गर्न सकून भनेर ऐन नियमका पुस्तकसहित अन्य पुस्तकहरु हस्तान्तरण गरिएको महाधिवक्ताको कार्यालयले जनाएको छ ।