काठमाडौँ – भारतीय रक्षामन्त्री राजनाथ सिँहले कुनैपनि हालतमा नेपालसँग शत्रुतापूर्ण सम्बन्ध नहुने बताएका छन् ।


ADVERTISEMENT


भारतीय टेलिभिजन आजतकमा प्रभु चावलसँगको अन्तरवार्ताको क्रममा उनले नेपाल छिमेकी मुलुक मात्र नभएर भाइ पनि भएको बताएका हुन् ।


ADVERTISEMENT

# # #


नेपाल आफ्नो परिवार नै भएको बताउँदै उनले भने, ‘नेपालसँग धेरै नै प्रगाढ सांस्कृतिक सम्बन्ध छ त्यसैले नेपालबारे म कुनै पनि प्रतिकूल टिप्पणी गर्न सक्दिनँ ।’

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गत साता गरेको भ्रमणमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न खोजेका थिए । तर मोदीले समय नदिएपछि भारतको आलोचना भइरहेको बेला भारतीय रक्षामन्त्री सिँहले सम्बन्धमा मनमुटाव हुनु स्वभाविक भएको बताउँदै त्यसलाई संवादबाट हल गर्न सकिने बताए ।