काठमाडौँ – विभिन्न बहाना बनाएर चीनले एक वर्षदेखि अघोषित नाकाबन्दी लगाएको भन्दै उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले चीनसँगको व्यापार सम्बन्ध नै टुट्न सक्ने बताएका छन् ।


ADVERTISEMENT


नेपाल इन्टर मोडल यातायात विकास समितिको २४ औँ वार्षिक सभालाई सम्बोधन गर्दै मन्त्री भट्टले नाकाबन्दी लगाएर चीन गैरजिम्मेवारी भएको आरोप लगाउँदै चीनसँगको व्यापार सम्बन्ध पुनर्विचार गर्नुपर्ने अवस्था आएको बताएका हुन् ।


ADVERTISEMENT

# # #


कोरोनाको बहाना बनाएर चीनले एक वर्षदेखि व्यापार रोकेको बताउँदै चीनको व्यवहारले अर्थतन्त्रमा अप्ठ्यारो अवस्था सिर्जना भएको मन्त्री भट्टले बताए । कठिन अवस्थामा छिमेकी मुलुक गम्भीर नभएको भन्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग नै यस विषयमा कुरा गरेको बताए ।

चीनले अघिल्लो वर्षको माघदेखि उत्तरी नाकामा एकतर्फी नाकाबन्दी लगाएको छ । साउनपछि क्रमश नाकाबाट सामान आयात हुन थालेको निर्यात अझैँसम्म बन्द छ । हाल चिनिया व्यापारीले आफ्नै कन्टेनरमा सीमा वारिसम्म सामान पुर्याइदिने गरेका छन् ।