काठमाडौँ – यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले आफ्नो २६ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कम्पनीले बुधबार वेवनारमार्फत होटल हिमालय कुपण्डोलमा साधारणसभा सम्पन्न गरेको हो ।


ADVERTISEMENT


सभाले संचालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७५/०७६ को लेखापरीक्षण प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०७६ साल आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रभाह विवरण तथा सोसंग सम्बन्धित अनुसूचिहरु पारित गरेको छ । यस्तै सभाले आर्थिक वर्ष २०७६/०७७ का लागी बाह्य लेखा परिक्षक मदन निरौला एण्ड कं चार्टर्ड एकाउण्टेण्टलाई नियुक्त गरेको छ ।


ADVERTISEMENT

# # #


कम्पनीको विशेष प्रस्ताव अन्तर्गत बीमा समितिको स्वीकृति बमोजिम संस्थापक समूह र सर्व–साधारण समूहको शेयर स्वामित्व संरचना परिवर्तन गरी प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न संचालक समितिलाई अख्तियारी दिने निर्णय सर्वसहमतिले पारित गरिएको छ ।

कम्पनीको आ.व. २०७७/०७८ को वित्तीय विवरणमा कुल बीमाशुल्क आम्दानी ४८ करोड ८० लाख ३३ हजार ४४५.६२ रुपैयाँ रहेको छ । खुद बीमा शुल्क आम्दानी २३ करोड ०७ लाख ५२ हजार ४२६.२० रुपैँया रहेको र खुद नाफा २ करोड २२ लाख १२ कजार १०२.५३ रुपैयाँ रहेको छ । कम्पनीको लगानी गत आ. व. को तुलनामा ३.९३ प्रतिशतले भएको छ ।

कम्पनीको लगानी गत आषाढ मसान्तमा ६९ करोड ८४ लाख ४२ हजार १३१.७४ रुपैयाँ पुगेको छ । आ.व. २०७५/०७६ मा कम्पनीको कुल कारोवार गत आ.व. २०७४/०७५ को तुलनामा २।२५ प्रतिशतले वृद्धि भई ४८ करोड ८० लाख ३३ हजार ४४५.६२ बीमा शुल्क आर्जन गरेको कम्पनीले जनाएको छ ।