काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटन विरुद्ध वडास्तरमै विरोध प्रदर्शनमा उत्रिन आफ्ना नेताकार्यकर्ता तथा शुभचिन्तकलाई आग्रह गरेका छन् ।


ADVERTISEMENT


बुधबार एक विज्ञप्ती जारी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेको सभापति देउवाले ६ हजार ७४३ वडाहरुमा भोलि कांग्रेसले आयोजना गरेको विरोध प्रदर्शनमा सहभागी हुन अपील गरेका हुन् ।


ADVERTISEMENT

# # #


‘संविधानमा भएको व्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्यविरुद्ध नेपाली कांग्रेस एकमत छ ।’ उनले भनेका छन्, ‘पार्टीको सबै तहका साथीहरूसंगै समस्त लोकतन्त्रवादीमा भोलिको विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न अपील गर्दछु ।’

कांग्रेसले यसअघि संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेर गत पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७५३ पालिकाहरुमा विरोध प्रदर्शन गरेको थियो ।