हुम्ला– वातावरण प्रतिकूलका कारण दुई दिनदेखि हवाई उडान सेवा अवरुद्ध भएको छ । तराईमा चलेको बाक्लो हुस्सु र सिमकोटमा चलेको हावाहुरीका कारण बुधबारदेखि हवाई उडान सेवा प्रभावित भएको हो ।


ADVERTISEMENT


बुधबार बिहानैदेखि हुस्सुका कारण नेपालगञ्ज नखुलेको र सुर्खेतमा हुम्ला उडान भर्ने हवाईजहाज नभएका कारण हवाई सेवा प्रभावित भएको नागरिक उड्डयन प्राधिकरण जनाएको छ । प्राधिकरण सिमकोटका प्रमुख विष्णुप्रसाद अधिकारीका अनुसार, नेपालगञ्जमा बाक्लो हुस्सु र सिमकोटमा बिहानदेखि हावाहुरी चलेका कारण दुई दिनदेखि हवाई सेवा प्रभावित भएको हो ।


ADVERTISEMENT

# # #


प्रत्येक बिहान साढे ६ बजेदेखि ७ बजेभित्र सिमकोट विमानस्थलमा अवतरण गर्ने हवाईजहाज नेपालञ्ज र सुर्खेतको मौसम राम्रो भए पनि तराईको शीतलहर र हुम्लाको हावाहुरी कारण भने कुनै पनि जहाजले सिमकोटमा उडान नभरेको जानकारी प्राधिकरणले  दिएको छ । यसबाहेक अन्य समयमा भने, नेपालगञ्ज र सुर्खेतबाट सीता, समिट, तारा र नेपाल एयरलाइन्सले हुम्लाका लागि उडान भर्ने गर्छ।

उडान सेवा अवरुद्ध हुदा नेपालगञ्ज र सुर्खेतबाट आउने यात्रु मर्कामा परेका छन्, भने सिमकोटबाट नेपालगञ्ज र सुर्खेत झर्ने यात्रु पनि सिमकोटमै रोकिएका छन् । यसैगरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कम्पनीको ढुवानी अनुदानको खाद्यान्न, दैनिक उपभोग्य सामान, तरकारी र कार्गोको सामान समेत ढुवानी हुन सकिरहेको छैन । रासस