कैलाली– भारतीय एसएसवीले नेपालीको हत्या गरेको र त्यसले उब्जाएको समस्या समाधानका लागि नेपाल र भारतीय अधिकारीबीच अहिले कैलालीको सीमा नाका गौरीफान्टामा वार्ता भइरहेको छ ।


ADVERTISEMENT


नेपालतर्फ वार्ता संभव नभएपछि कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धान बिभागका एसपीहरु क्रमसः अर्जुन चन्द, गणेश संग्रौला र योगेन्द्र केसी वार्ताका लागि गौरिफान्टा पुगेका छन् ।


ADVERTISEMENT

# # #


त्यस्तै भारतीय तर्फबाट लखिमपुर श्री जिल्लाका डिस्ट्रिक मजिस्ट्रेट आकाशदीप, भारतीय एसएसबीका कमाण्डेट बिरेन्द्र सिंह सिन्धु र गौरिफान्टा प्रहरी कार्यालयका इन्स्पेक्टर अजतिकुमार सिंह सहभागी छन् ।

कञ्चनपुरको पुनर्वास नगरपालिकास्थित नेपाल–भारत सीमाक्षेत्रमा हिजो दिउँसो एसएसवीले एक नेपालीलाई गोली हानी हत्या गरेको थियो ।

त्यसको बिरोधका राजधानी काठमाडौं लगायत मुलुकभर प्रदर्शन भइरहेको छ । कैलालीको त्रिनगर नाकामा हजारौंको संख्यामा नेपालीहरुले भारतबिरोधी नारा लगाउँदै प्रदर्शन गरिरहेका छन् । उनीहरुले त्रिनगर नाका कार्यालयमा तोडफोडसमेत गरेका थिए ।

विवाद बढेसँगै कैलाली र कञ्चनपुरका तीन तीन वटा सीमा नाका बन्द गरिएको छ ।