काठमाडौँ – शुक्रवार सम्पन्न प्रचण्ड–नेपाल समूहको विरोध प्रदर्शनको चौतर्फी आलोचना भएको छ ।


ADVERTISEMENT


प्रचण्ड–नेपाल समूहले विशाल प्रदर्शन भन्दै देशभरीबाट नागरिकहरु ल्याएर काठमाडौँमा उतारेको थियो । अगाडि सडकमा नेताहरुका लागि ठूला आरामदायी सोफासहितको मञ्च निर्माण गरिएको थियो भने पछाडि फाटेका लुगा, चप्पल लगाएका दयनीय खुट्टासहितका नागरिकहरु चिसो भुइँमा बसिरहेका थिए । कोही भारी बोकेका श्रमिक थिए भने कोही छोराछोरी बोकेका आमाहरु । प्रचण्ड–नेपालको बन्दको मार सर्वत्र थियो । बिरामी बोकेका एम्बुलेन्सदेखि अत्यावश्यक काममा हिँडेका यात्रुहरु भिडमै अल्झिएका थिए । भिडमा जम्मा भएका कतिपयलाई त विरोध किन हो भन्ने पनि थाहा थिएन । सो अवस्थामा पनि सडक प्रदर्शन भनेर नेताहरुले अगाडि ठूलो मञ्च बनाएका थिए र भाषण गर्दै थिए । उक्त विरोध सडक प्रदर्शन नभई सत्ताका लागि भएको र सडकमै पनि कुर्सीको गन्ध आएको भन्दै चौतर्फी विरोध भइरहेको छ ।


ADVERTISEMENT

# # #


यसै क्रममा विश्व हिन्दू महासंघ की अन्तरराष्ट्रिय महासचिब अस्मिता भण्डारीले कम्युनिष्ट नेताहरुले पूर्व राजा ज्ञानेन्द्रसँग माफी माग्नुपर्ने बताएकी छिन् । १० वर्षे लामो सशस्त्र जनयुद्धबाट सत्तामा आएका प्रचण्डलाई इंगित गर्दै उनले दस वर्षको जनयुद्ध र सत्र हजार निर्दोष नेपालीको हत्यापछि सत्तामा पुगेका काम्रेडहरुले पूर्वराजा ज्ञानेन्द्रबाट पाठ सिक्नुपर्ने बताइन् । सडकमा पनि देखिएको कुर्सी मोहलाई व्यङ्ग्य गर्दै उनले आम नागरिक जस्तो सरल जीवनयापन गरिरहेका पूर्व राजासँग माफी माग्नुपर्ने बताएकी छन् ।

May be a closeup of 2 people, hair and jewelry

यस्तो छ उनको सम्बोधन :

पद नपाउँदा सर्वहारा कम्युनिस्ट नेताहरु सडकमा भव्य सोफामाथि बिराजमान भई बडो क्रान्तिकारी भाषण गर्दै । आफ्न‌ै पार्टीका अध्यक्ष प्रधानमन्त्रीका विरुद्ध सत्तो सराप गर्ने र कार्यकर्ताहरुलाई चिसो भुईमा बसाउने ?

कार्यकर्ता सँगै एकछिन पनि बस्न नसक्ने नेताहरु देखेर दया लागेर आयो । हैन कस्तो लोकतन्त्र भित्रियो यो देशमा ?
हिजो दस वर्षको जनयुद्ध र सत्र हजार निर्दोष नेपालीको हत्यापछि बल्ल त्यहाँ पुगेकाहरुले राजा ज्ञानेन्द्रबाट पाठ सिक्नु पर्छ ।

जनता मारेर राजा हुनु भन्दा राजगद्दी नै त्यागेर आम नागरिक सरह जीवन जिउन तयार हुने राजासँग माफी माग्ने दिन आउँदैछ काम्रेडहरु । मुलुकको निर्माणका निम्ति सबै एकजुट भएर अघि बढ्नोस् ।
देशको बाधक राजसंस्था र हिन्दु धर्म हो भनेर सिधा सोझा जनतालाई भड्काउनेहरु अब कसरी के भन्दै जनताको अगाडि जाने ?

यो विदेशीको योजनामा भित्र्याईएको संघियता ,धर्म निरपेक्षता र गणतन्त्रले देशको हित गर्न सक्दैन । त्यसैले संवैधानिक राजसंस्था र हिन्दु राष्ट्रका निम्ति सबै नेपाली एकजुट होऔँ । राजा ज्ञानेन्द्रसँग माफी माग्नोस् जनता सँग माफी माग्नोस् कमरेडहरु ।