पाल्पा – मुख्यमन्त्री शङ्कर पोखरेलले सत्ता र पद लोभका कारण नेकपामा विभाजनको स्थिति पैदा भएको बताएका छन् ।


ADVERTISEMENT


पार्टी एकता प्रक्रिया सम्पन्न नहुँदै नेकपामा सङ्कट देखिनु पदको लोभ प्रमुख कारण भएको तर्क उनको थियो ।


ADVERTISEMENT

# # #


युवा सङ्घ पाल्पाको भेला तथा प्रशिक्षण कार्यक्रममा आज आयोजित भेलामा पोखरेलले संसद् पुनःस्थापनाको रटानमा सडक आन्दोलन गर्नु लाजमर्दो अवस्था भएको बताए ।

पूर्वमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता महेश बस्नेतले युवाले अग्रगामी सोचका लागि अग्रसर हुनुपर्नेमा जोड दिए । रासस