काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व जनमुक्ति सेनाका कमाण्डरहरूलाई भेटेर उनीहरुले दिएको योगदान, त्याग, बलिदान र क्रान्तिको सपनाप्रति सम्मान व्यक्त गरेका छन् । जनयुक्तताका खेलेको भूमिकाको प्रशंसा गर्दै अबको नेतृत्वले उनीहरूमाथि धोका नदिने बताएका छन् ।


ADVERTISEMENT


शनिवार काठमाडौँस्थित प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित भेटघाटमा यस अघिका नेतृत्वले पूर्व जनमुक्ति सेनाको भावनामाथि खेलबाड गरेको बताउँदै यसको समाधान गर्ने आश्वासन दिए ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै प्रेस सल्लाहकार सूर्य थापाले भने, ‘जनयुद्धको अवधिमा तपाईंहरूको योगदान, त्याग, बलिदान र क्रान्तिको सपनाप्रति सम्मान छ । नेतृत्वले तपाईंहरूका भावनाको दुरूपयोग गर्‍यो । तपाईंहरू ढुक्क हुनुहोस्, हामी राजनीतिक रूपमा समस्याको वास्तविक समाधान गर्छौं । नेतृत्वबाट विगतमा जस्तो धोका पाउनुहुने छैन ।’