काठमाडौँ – गत बिहीवार भारतबाट अनुदानमा प्राप्त कोरोनाविरुद्धको खोप ‘कोभिडशिल्ड’ आज सातवटै प्रदेशमा पठाइने भएको छ । सात वटै प्रदेशका भण्डारण केन्द्रमा खोप पठाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।


ADVERTISEMENT


प्रदेशमा खोप पुगेपछि प्रदेशले आवश्यकताअनुसार सबै जिल्लामा खोप पठाउने छ । त्यसपछि पहिलो चरणमा फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालक, शव वाहन चालक, शव व्यवस्थापनमा खटिएकाहरुलाई खोप लगाइने तयारी गरिएको छ ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार एक कार्यक्रमलाई सम्बोधन गर्दै माघ १४ गतेदेखि नै खोप लगाउन शुरु गरिने बताएका छन् । मन्त्रालयले सोहीअनुसार खोप लगाउने तयारी अघि बढाएको छ । पहिलो चरणमा प्राप्त १० लाख डोज खोप देशभरका ३ सय वटा अस्पतालबाट लगाउन शुरु गरिने मन्त्रालयले जनाएको छ ।