काठमाडौँ – नेकपा केपी शर्मा ओली समूहककी नेतृ शान्ता चौधरीले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको हस्ताक्षरबिना कुनै निर्णय प्रमाणीकरण नहुने बताएकी छन् ।


ADVERTISEMENT


आइतवार निर्वाचन आयोगले प्रचण्ड–नेपाल समूह र केपी शर्मा ओली दुबै समूहको माग दावी अस्वीकार गर्र्दै पार्टी विभाजनको मान्यता नदिने निर्णय गरेको थियो ।


ADVERTISEMENT

# # #


उक्त निर्णयमाथि टिप्पणी गर्दै नेतृ चौधरीले सामाजिक सञ्जालमा निर्वाचन आयोगले दुई अध्यक्षको सहमतिबाट हुने निर्णयलाई नै आधिकारिक मान्ने निर्णय गरेको उल्लेख गर्दै प्रधानमन्त्रीको हस्ताक्षर बिना कुै निर्णय प्रमाणीकरण नहुने बताइन् ।

‘केही कमरेडहरुको आत्मरती देख्दा सोध्न मन लाग्यो। अब पनि बहुमत र अल्पमत भन्ने भए कमरेड माधव नेपाललाई अध्यक्ष अस्वीकार किन गर्‍यो ?’ उनले भनिन्, ‘४४१ को बहुमत हामीसँग भन्नेलाई आधिकारिकता किन दिएन ? कमरेड केपी शर्मा ओलीको हस्ताक्षरबिना कुनै पनि निर्णय प्रमाणीकरण हुँदैन।