नेपाल–राष्ट्रिय महिला लिग फुटबलअन्तर्गत ४–० गोल हात पार्दै एपिएफको विजय भएको छ । आइतबार भएको खेलमा सावित्रा भण्डारीको चार गोलको मद्दतमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लब विजयी भएको हो। फुटबल अन्र्तगत एपिएफ क्लबको यो लगातार दोस्रो जित हो । यसअघिको पहिलो खेलमा एपिएफले रौतहटको चन्द्रपुर नगरपालिकालाई ६–० गोलअन्तरले हराएको थियो ।


ADVERTISEMENT


विराटनगर महानगरपालिका संगको खेलमा विपक्षी समूहलाई ७–० गोलअन्तरले गर्दै एपिएफले जित हासिल गरेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा एपिएफले मध्यान्तरअघि नै ४–० गोलको अग्रता बनाएको थियो । मध्यान्तरपछिको खेलमा एपिएफले थप तीन गोल गर्यो । खेलको नवौँ मिनेटमा एपिएफकी अनिता केसीले पहिलो गोल गरेकी थिइन् । यसैगरि, खेलको २५ औँ मिनेटमा सावित्रा भण्डारीले आफ्नो व्यक्तिगत पहिलो हानेकी थिइन् ।


ADVERTISEMENT

# # #


त्यसपछि पुनः खेलको ४२, ७४ र ८९ औँ मिनेटमा भण्डारीले नै क्रमशः व्यक्तिगत दोस्रो, तेस्रो र चौथो गोल गरिन्। खेलको ३५ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल रहेको थियो भने यसैगरि, एपिएफकी सरु लिम्बुले खेलको ७२ औँ मिनेटमा गोल गरिन्। खेलको प्लेयर अफ दी म्याच उपाधिमा सरु लिम्बु भएकी छिन् ।

विराटनगरले भने पहिलो खेलमा स्याङ्जाको वालिङ नगरपालिकासँग एक एक गोलको बराबरी खेलेको थियो । महिला लिग फुटबलअन्तर्गत आज उदयपुरको चौदण्डीगढी नगरपालिका तथा रौतहटको चन्द्रपुर नगरपालिकाबीच हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । रासस