गण्डकी– कोरोनाविरुद्धकोे ‘कोभिसिल्ड’ खोप वितरणमा अंग्रपक्तिंमा खटेका समूहलाई पहिलो प्राथमिकता दिने भएको छ । आज प्रदेशका अन्य जिल्लामा पुर्याइने सो खोपलाई गण्डकी प्रदेशले पनि अन्य प्रदेशजस्तै अंग्रपक्तिंमा खटेका समूहलाई वितरण गरिने बताएको हो । छिमेकी देश भारतले अनुदानमा दिएको खोप आइतबार साँझ पोखरा आइपुगेसँगै गण्डकी प्रदेशमा पुग्नेछ । जसमध्ये पहिलो चरणमा १७ हजार ३ सय ९६ अग्रपङ्क्तिमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मी लगायतलाई कोरोनाविरुद्धको खोप दिने भनिएको छ।


ADVERTISEMENT


जिल्लाबाट पनि खोप लगाउन शुरु गरिने गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डा. विनोदविन्दु शर्माले बताए । पोखरा ल्याइएको खोप प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको ‘कोल्ड स्टोर’मा राखिएको छ । चिकित्सकको प्रत्यक्ष निगरानीमा जिल्लास्थित सरकारी अस्पतालमा खोप लगाइने निर्देशनालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


गण्डकी प्रदेशको राजधानी शहर पोखरामा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, मणिपाल अस्पताल र प्रदेश सरकारको सङ्क्रामक तथा सरुवा रोग अस्पतालमा खोप दिइने छ । खोपका लागि जिल्लामा १० जना प्रशिक्षकलाई तालीम दिइएको निर्देशक शर्माले बताएका छन् । कोभिड–भ्याक्सिन आएसँगै हामीले पहिलो चरणमा ‘फ्रन्टलाइनर्स’लाई खोप दिने तयारी गरेको बताउँदै उनले भने; ‘आजै जिल्लामा खोप पुर्याउन शुरु गर्छौ । र, हामीले खोप दिने जनशक्तिलाई तालीम दिएर तयारी अवस्थामा राखेका छौँ ।’

सरकारले पहिलो चरणमा स्वास्थ्यकर्मीलाई खोप दिएपछि दोस्रो चरणमा सर्वसाधारणलाई दिने योजना बनाएको छ । अहिले गण्डकी प्रदेशमा ४० हजार डोज खोप आएको बताइन्छ । कोरोना खोप एक व्यक्तिले दुई पटक लगाउनुपर्दछ । एकपटक खोप लगाएपछि एक महिनाको अन्तरमा अर्को डोज दिइने निर्देशनालयले जनाएको छ । १० प्रतिशत हाराहारीमा खोप खेर जाने अनुमान गरी हाललाई सो १७ हजार हाराहारीमा खोप लगाउने व्यक्ति छानिएको हो ।

सरकारले कोरोना खोप आए पनि जोखिम कम नभएकाले स्वास्थ्य सुरक्षा सावधानी अपनाउन आग्रह गरको छ । निर्देशक शर्माले भने, अहिले गण्डकी प्रदेशमा सङ्क्रमणको दर कम भएपनिजोखिम कम नभएको शर्माको भनाई रहेको छ । जोखिमका हिसाबले सबै नागरिकले दूरी कायम गर्ने र सरसफाइमा ध्यान दिनुपर्ने र खोप आयो भन्दैमा जोखिम कम भयो भनेर नसोची अझै चनाखो हुनुपर्नेमा उनले जोड दिए । रासस