हुम्ला– लामो समयसम्म हिउँ नपर्दा चिन्तित गाउँले हिउँ परेसंगै खुशी भएका छन् । सिँचाईको मुख्य स्रोत हिउँ भएकाले पनि हिउँ नपरेका कारण चिन्तित गाउँमा हिमपातसंगै खुशियाली छाएको हो ।


ADVERTISEMENT


हिउँबिना जीवीकोपार्जन हुने हुम्लीहरु हिउँदमा कम्तीमा पाँचदेखि १० फिटजति हिउँ पर्नुलाई अति राम्रो मान्छन् । हिउँको अभावमा उनीहरुको खेतीपातीमा नकरात्मक असर पुग्ने भएकाले पनि हिमपात भएपछि हुम्लीहरू खुशी देखिएका छन् । हिउँ परेपछि जाडो बढ्नुका साथै परिवारमा खुशी पनि भित्रिने यहाँ, ‘पुसको हिउँ शिला, माघको हिउँ बिला, फागुनको हिउँ टिलाफिला र चैतको हिउँ फात्फुत ।’ भन्ने यहाँ यससम्बन्धि उखान समेत प्रसिद्ध छ ।


ADVERTISEMENT

# # #


पुष ११ गते यस वर्षमा पहिलो पटक हिउँ परेको बताउँदै सिमकोट गाउँपालिका–५ की बदुमा रावत भन्छन्, ‘हिउँ पर्नु हाम्रा लागि शुभ सङ्केत पनि हो ।’ हिमपात हुँदा कृषि, वन, वातावरण तथा सामाजिक जनजीवनमा समेत सकारात्मक प्रभाव पार्ने नेपाल पत्रकार महासङ्घ हुम्ला शाखाका पूर्वअध्यक्ष कर्ण रोकायाले बताए। पहिला–पहिला प्रत्येक वर्ष पाँचदेखि १० फिटसम्म हिमपात सजिलै हुने भएपनि हाल जलवायु परिवर्तनका कारण केही वर्षदेखि कम हिमपात हुन थालेपछि स्थानीयवासी चिन्तित हुँदै गएका छन् । भदौ महिनादेखि पानी नपर्दा यहाँको खोलानालामा पानी सुक्दै गई खेतीपातीमा प्रभाव परेको थियो ।

पुुसको अन्तिम साता हिमपात हुँदा किसानको मुहारमा खुशी छाएको छ । हिउँ पर्दा खुशि देखिने सिमकोट गाउँपालिका–३ का ज्येष्ठ नागरिक छिरिङ लामा भन्छन्, ‘समयमै हिउँ पर्यो, अब खेती राम्रो हुन्छ ।’ समयमै हिउँ नपर्दा विभिन्न प्रकारको रोगव्याधि पनि फैलिने गरेको छ । हिउँ जडीबुटीका लागि पनि अत्यावश्यक हुने उनले बताए ।

हिउँ जीवन धान्न हिउँ नभई नहुने भएपनि बुढाबुढी, बालबालिका र रोगीका लागि भने हिउँपर्नु राम्रो मानिंदैन । स्थानीय तहले हिमपातबाट बालबालिका र वृद्धवृद्धालाई बचाउन सूचना समेत जारी गरेको छ । रासस