• भगवती चौधरी, पूर्वमन्त्री एवं एमाले केन्द्रिय सदस्य

सबै जनता, कार्यकर्ता, नेता सबैलाई चाडपर्बको र सँस्कृतिको हर्सउल्लास, सुख स्मृतिको शुभकामना छ । ईष्ट मित्र साथिभाई भेटघाटको अवसर हुन्छ । यो बेला चाडपर्बहरुले सबै नेपालीहरुको घर घरमा सुख स्मृति छाओस् । मँगलमय होस् सबैम भन्ने कामना गर्दछु ।


ADVERTISEMENT


यही मँसिर १० र २१ म प्रदेश र संसदको निर्वाचन हुँदैछ । यो पनि पर्ब नै हो । सबै राजनीतिक दलहरुले विकास र समृद्धि तर्फ कसरी देश र जनतालाई लाने भन्ने एजेन्डामा लागेर निर्वाचनलाई पनि पर्वकै रुपमा अघि बढाउँदै शान्ति र कसैको पक्षपात नगरी निश्पक्ष रुपमा निर्वाचन होस् ।


ADVERTISEMENT

# # #


शान्ति सुरक्षा लगायतका बिषयमा ढुक्क भएर यथार्थपरक निर्वाचन होस् । राज्यको कोष दुरुपयोग नभई निष्पक्ष रुपमा काम होस् ।

निर्वाचनको बाटोबाट संविधान कार्यान्वयन गर्दै विकास र समृद्धि तर्फ देशलाई अघि बढाउने संकल्प पुरा गर्न शक्ति मिलोस् । बडा दशैँ, तिहार, छठ लगायत सबै पर्बहरुको मँगलमय शुभकामना ।