• ऋषि धमला, अध्यक्ष, रिपोर्टस क्लब नेपाल

नेपालीहरुले यो दशैँलाई उत्साह र उमँगका साथ मनाउनुपर्छ किनभने नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न स्थानीय निर्वाचन सम्पन्न भएको छ ।


ADVERTISEMENT


अब केन्द्रीय संसद र प्रदेशको निर्वाचन हुँदैछ मँसिर १० र २१ गते । यो सबै नेपालीहरुका लागि खुसीको कुरा हो किनभने प्रजातान्त्रिक मूल्य र मान्यतालाई बलियो बनाउन, बिधिको शासनलाई कार्यान्वयन गराउन पनि निर्वाचन आवश्यक छ लोकतन्त्रमा ।


ADVERTISEMENT

# # #


लोकतन्त्रलाई बलियो बनाउन यी निर्वाचनहरु भईरहेका छन् । सबै गाउँ गाउँमा गएर घर घरमा गएर जनतासंग साक्षात्कार गर्ने, चुनावी बहस गर्ने अवसरको रुपमा समेत दशैँ, तिहार, छठ जस्ता पर्बहरु कोशेढुँगा झैँ बनिरहेका छन् । निर्वाचनको सन्देश प्रबाह गर्ने अवसरको रुपमा समेत यी चाडहरुलाई लिन जरुरी छ ।

दलीय व्यवस्थालाई दीर्घकालिन महत्वको उचाईमा राखिराख्न समेत पनि निवाचनको माहोलमा सबैले होमिने वातावरण बनाउन दशैँ जस्ता चाडहरु अवसरका रुपमा आईरहेका छन् । दशैँले सबै नेपालीहरुलाई एउटै आस्था र बिश्वासमा बाँधेको छ । देश भित्र देखि देश बाहिर सम्म समेत सबै नेपालीहरु दशैँको अवसरमा एकताबद्ध भएर बलियो हार्दिकता प्रस्तुत गरिरहेका हुन्छन् ।

यो अवसरले नेपालीत्वको प्रदर्शन समेत भईरहेको हुन्छ, यो बेला रमाईलोका साथै सामाजिक कामहरु समेत गरौँ । व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर सहमती, सहकार्य, एकताबाट मूलुकको विकास र समृद्धि तर्फ अघि बढ्ने अबको राष्ट्रिय एजेन्डामा प्रतिबद्ध भएर लाग्न राजनीतिक दल, राजनीतिक नेतृत्व र सबै नागरिकहरुलाई शक्ति मिलोस् ।

यस बर्षका चाडहरुको महत्व धेरै नै फरक र अर्थपूर्ण छ, हामी सबैले अब संकल्प गरौँ, सबैले देशका लागि सोचौँ, यो मूलुकलाई मिलेर नै समृद्धशाली बनाउने यात्रामा सबै सयर गरौँ । दशैँ, तिहार, छठ लगायतका पर्बहरुको सबैमा मँगलमय शुभकामना ।