काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध थप आन्दोलनका कायक्रम घोषणा गरेको छ ।


ADVERTISEMENT


सभापति शेरबहादुर देउवाको निर्देशनमा महामन्त्री पूर्णबहादुर खड्काले पेश गरेको प्रस्ताव अनुसार कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले तीनवटा प्रदर्शनका कार्यक्तम पारित गरेको प्रवक्ता शर्माले जानकारी दिए ।


ADVERTISEMENT

# # #


जसअनुसार माघ १७ गते पार्टी निकट सबै भातृसंस्थाहरुले ७७ वटै जिल्लामा विरोध प्रदर्शनको आयोजना गर्ने छन् । यस्तै माघ २४ गते पार्टीका सबै शुभेच्छुक संस्थाहरुले ७७ वटै जिल्लामा विरोध सभा र प्रदशन संयुक्त रुपमा गर्नेछन् । यस्तै माघ ३० गते कांग्रेसका जिल्ला कार्यसमितिले जिल्ला सदरमुकाममा विरोध प्रदर्शन र विरोध सभाको आयोजना गर्ने प्रवक्ता शर्माले जनाए ।

पुस ५ गते सरकारले प्रतिनिधिसभा विघटन गरेसँगै नेपाली कांग्रेसले त्यसको विरोधमा प्रदर्शन गर्दै आएको छ ।