काठमाडौँ – काठमाडौंस्थित भारतीय राजदूतावासले मंगलबार भारतको ७२ औं गणतन्त्र दिवस मनाएको छ ।


ADVERTISEMENT


मंगलबार राजदूतावासमा नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्राले झण्डोत्तोलन गरी भारतको राष्ट्रिय झण्डा फहराउँदै भारतका राष्ट्रपतिको सन्देश पढेर सुनाएका थिए ।


ADVERTISEMENT

# # #


गणतन्त्र दिवसकोअवसरमा राजदूत क्वात्राद्वारा वीर नारी, मृतक सैनिकका श्रीमती र मृतक सैनिकका निकटतम नातेदारलाई ३.६८ करोड नेपाली रुपैँया तथा कम्मल वितरण गरेका छन् । राजदूतावासले नेपालका ५० पुस्तकालय तथा शैक्षिक संस्थाहरुलाई पुस्तक समेत उपहारस्वरुप प्रदान गरेको छ ।

राजदूत क्वात्राले इंडिया हाउसमा आयोजना गरेको स्वागत समारोहमा परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली, पूर्व राष्ट्रपति रामवरण यादव समेत उपस्थित थिए । समारोहमा पूर्व राष्ट्रपति यादवले ‘सम्पर्क–इण्डिया–नेपाल आल्मिुनी नेटवर्क’ तथा ‘www.samparkbharatnepal.com’ वेबसाइटको शुभारम्भ गरेका छन् ।

समारोहमा भारतमा अध्ययन गरेका नेपालका शीर्ष नेता, अधिकारी, पत्रकार तथा चर्चित व्यक्तित्वहरुको उपस्थिति थियो । भारत र नेपालबीचको जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउन पुर्याएको योगदानलाई कदर गर्दै उनीहरुलाई सम्मान गरिएको छ । भारतीय राजदूतावासद्वारा आयोजित ‘मैत्री थ्रु लेन्स’ फोटो प्रतियोगिताका तीन उत्कृष्ट प्रतियोगीलाई पुरस्कार स्वरुप चेक तथा प्रमाणपत्र प्रदान गरिएको छ ।