श्याम प्रसाद ठाकुर , मिर्चैया  – प्रदेश २ सरकारले कोरोना विरुद्धको खोप अभियान आठै जिल्लाबाट एक साथ शुरु गर्ने तयारी गरेको छ । बिहाना १० बजे एकैसाथ मुख्यमन्त्री लालबाबु राउतले विरगंज स्थित नारायणी अस्पताल, आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले प्रादेशिक अस्पताल जनकपुरधाम र समाजिक विकास मन्त्री नवलकिशोर साहले गजेन्द्र नारायण सिंह अस्पताल राजविराजबाट खोपको शुभारम्भ गर्नेछन् ।


ADVERTISEMENT


आठ वटै जिल्लाको सदरमुकाम स्थित अस्पतालबाट कोरोना विरुद्धको खोप लगाइनेछ ।


ADVERTISEMENT

# # #


प्रदेशमा खोप अभियानका लागि ३४ हजार भाइल प्राप्त भएको र सो भाइलहरु माघ १३ गते सम्म सबै जिल्ला स्थित स्टोरमा पुर्याइएको थियो ।
पहिलो चरणमा कोरोना महामारी विरुद्ध अग्र मोर्चामा खटि रहेका स्वास्थ्यकर्मी, चिकित्सक, सुरक्षाकर्मी र सफाइकर्मीलाई खोप दिने योजना रहेको छ ।