काठमाडौँ – सरकारले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपको पहिलो प्राथमिकतामा फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी र कर्मचारीलाई राखेको छ ।


ADVERTISEMENT


त्यसैअनुसार बुधबारदेखि स्वास्थ्यकर्मी र कोरोना विरुद्धको युद्धमा फ्रन्ट लाइनमा खटिने स्वास्थ्यकर्मी र कर्मचारीलाई लगाउँदै खोप अभियान सुरु भयो । तर, प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले भने मापदण्डविपरीत कोरोनाविरुद्धको खोप लगाएका छन् ।


ADVERTISEMENT

# # #


जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा शुरु भएको अभियानअन्तर्गत पहिलो खोप नै प्रदेश नं २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले लगाएका हुन् । मापदण्डविपरित उनले खोप लगाए पछि चौतर्फी आलोचना भएको छ ।

उनी कोरोना देखिएर निको समेत भइसकेका थिए ।