काठमाडौँ – सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्माओलीलाई लिखित जवाफसहित अदालतमा उपस्थित हुन आदेश दिएको छ ।


ADVERTISEMENT


बिहीबार रिटमाथि सुनुवाई गर्दै न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्री ओलीलाई लिखित जवाफसहित आफै उपस्थित हुन आदेश दिएको हो ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री ओलीले गत माघ ९ गते (शुक्रबार) आफू निकट कर्मचारीहरूको भेलामा प्रतिनिधिसभा विघटनविरुद्ध भइरहेको सुनुवाईलाई ‘तमासा’को संज्ञा दिँदै ९४ वर्षीय वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई ‘वकिल बाजे’ भनेका थिए । सम्बोधनका क्रममा उनले भनेका थिए, ‘वकिलले कुरा फिटेका फिट्यै छन् । केही वकिलले एकजना बाजे वकिललाई लिएर गएछन् त्यहाँ तमासा हेर्न ।’

उक्त अभिव्यक्तिले अदालतमा विचाराधीन रहेको मुद्दालाई प्रभावित पार्नुका साथै अदालतको अवहेलना समेत गरेकाले प्रधानमन्त्रीलाई हदैसम्मको कारबाही गर्न माग गर्दै रिट दायर भएको थियो । उक्त रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै सर्वोच्चले प्रधनमन्त्रीलाई लिखित जवाफसहित उपस्थित हुन आदेश दिएको हो ।

कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएसन तथा विभिन्न कानुन व्यवसायीहरुले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सार्वजनिक रुपमा माफी माग्नुपर्ने माग गरेका थिए ।