दाङ,
१६-असोज /  श्रम राज्यमन्त्री डिल्ली चौधरीले वैदेशिक रोजगारमा जाने युवा श्रमिकको संख्या क्रमशः घटाउँदै लैजाने बताउनुभएको छ ।


ADVERTISEMENT


नेपाली काँग्रेस तुलसीपुर–४ ले यहाँ आज आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो – “युवालाई मुलुकभित्र विभिन्न तालीम दिएर दक्ष जनशक्ति उत्पादन गरी स्वदेशमै रोजगारीको व्यवस्था गर्नका लागि सरकार अग्रसर भएको छ ।”


ADVERTISEMENT

# # #


राज्यमन्त्री चौधरीले भन्नुभयो, “दैनिक सयौँ युवा विदेशिन बाध्य छन्, नेपालमै सीपमूलक तालीम दिइ युवालाई यहीँ रोजगार दिन सकिन्छ, त्यसतर्फ सबै लाग्नुपर्छ ।”

सरकारको पहिलो प्राथमिकता चुनाव भएको र प्रदेश एंव केन्द्रको चुनावमा सरकारले आफ्नो ध्यान केन्द्रीत गरेको उल्लेख गर्दै उहाँले संविधानको पूर्ण कार्यान्वयनसँगै देशमा आर्थिक विकास हुने बताउनुभयो ।

(रासस)