माया एन्जेलो (अनुः कुशल न्यौपाने)


ADVERTISEMENT


स्वतन्त्र चरा आँधीको बुइँ चढेर
फाल हाल्छ बहाबको सीमासम्म
सुनौला किरणमा पौडी खेल्छ
र पूरै आकाशमाथि दावा गर्छ


ADVERTISEMENT

# # #


तर साँघुरो पिँजडामा कैद चरा
देख्न सक्दैन आफ्नै आक्रोशभन्दा पर उसका पँखेटा काटिएका छन्
पञ्जा बाँधिएका छन्
त्यसैले ऊ गाउँछ
आफ्नो आजाद गलामार्फत्

स्वतन्त्र चरा केवल सोच्छ
मुलायम बतासका बारेमा
रुखहरुले हाल्ने सुसेलीका बारेमा
उज्याला मैदानमा भेटिने किराका बारेमा
ऊ आकाशलाई आफ्नै भन्ठान्छ

पिँजडाको चरा त उभिएको हुन्छ
आफ्ना सपनाहको चिहानमाथि
उसको छायाँ समेत कहालिन्छ
ऐँठनजस्ता सपनादेखि
उसका पँखेटा काटिएका छन्
पञ्जा बाँधिएका छन्
त्यसैले ऊ गाउँछ
आफ्नो आजाद गलामार्फत्

पिँजडाको चरा
कामेको स्वरले गाउँछ
सदियौँदेखि प्रतीक्षा गरिएको
तर कहिल्यै नदेखेको ,कहिल्यै नभोगेको कुराहरुको गीत
र उसको मधुर स्वर सुनिन्छ
पर… पर…… पहाडहरूसम्म
किनकी
पिँजडाको चरा गाउँछ स्वतन्त्रताको गीत।