ललितपुर – ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. ७ चाङ्गाथलीमा निर्माण हुन लागेको किरियापुत्री भवनका लागि हिमालय पोष्ट डटकमले सहयोग गरेको छ ।


ADVERTISEMENT


आइतबार सञ्चालकद्वय लोमस चापागाईं र मिलन भण्डारीले वडाध्यक्ष नकुल थापालाई सहयोग रकम हस्तान्तरण गरेका हुन् । हिमालय पोष्ट डटकमका तर्फबाट उक्त भवन निर्माणका लागि आफ्नो सामाजिक सेवा अन्तर्गत ११ हजार १ सय १० रुपैँया सहयोग गरिएको हो ।


ADVERTISEMENT

# # #


भवन निर्माणका लागि वडाका तर्फबाट ९ लाख रकम बजेट बिनियोजन गरिएको वडाध्यक्ष थापाले जानकारी दिएका छन् । आगामी श्रीपञ्चमीका दिन नगरप्रमुख रामेश्वर श्रेष्ठ र उपमेयर निर्मला थापाबाट भवनको शिलान्यास गरिने जनाइएको छ। साढे दुई तल्ला बन्ने उक्त भवनको लागत करिब ४५ लाख रुपैँया अनुमान गरिएको छ ।

भवन निर्माणका लागि चाङ्गाथली किरियापुत्री भवन निर्माण समितिले आवश्यक सहयोगका लागि आह्वान समेत गरेको छ ।