काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले पार्टी आधिकारिताको दाबी गर्दै निर्वाचन आयोगलाई पत्र लेख्ने भएको छ । ओली समूहसँगको अनौपचारिक विभाजनपछि कुन नेकपामा समूह आधारिक भन्ने प्रश्न उठिरहेका बेला प्रचण्ड–नेपाल समूहले आयोगलाई पत्र लख्ने निर्णय गरेको हो ।


ADVERTISEMENT


सोमबार बबरमहलस्थित एक बैंक्वीटमा बसेको प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटिले उक्त निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।


ADVERTISEMENT

# # #


नेकपाको आधिकारिकता र चुनाव चिन्हको विवाद चलिरहँदा आयोगले ओली, प्रचण्ड दुबै पक्षलाई छलफलका लागि माघ १४ गते पत्र पठाएको थियो । तर, प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक रहेकाले पुनर्स्थापना हुनुपर्ने भन्दै विरोध प्रदर्शन गर्दै आएको प्रचण्ड–नेपाल समूहले आफ्ना नेताहरु राजनीतिक कार्यक्रममा काठमाडौँ बाहिर रहकाले उपस्थित हुन नसक्ने जनाएको थियो ।

प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक रहेकाले पुनर्स्थापना हुनुपर्ने भन्दै विरोध प्रदर्शन गर्दै आएको बैठकले स्थायी कमिटिले ओली र पौडेलमाथिको गरेको कारबाहीलाई अनुमोदन गरेको उनले बताए । स्थायी कमिटिले ओलीलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशन गरेको थियो भने महासचिव पौडेललाई पदबाट हटाएको थियो ।

बैठकले म्यानमारमा सर्वोच्च नेतृ आङसाङ सूची र राष्ट्रपति विन मिन्ट लगायतका नेतालाई पक्राउ गरेर सैन्य ‘कू’ लागू गरेको भन्दै विरोध गरेको छ ।