काठमाडौँ– पछिल्लो वर्षदेखि यो वर्षको अवधिमा मात्रै नेपालमा २० हजार क्यान्सरका नयाँ बिरामी थपिएको पाएको छ । आउँदो फेब्रुअरी ४ मा पर्ने विश्व क्यान्सर दिवसको अवसरमा आज आयोजना गरिएको पत्रकार सम्मेलनमा नेपाल क्यान्सर अर्बुद रोग निवारण संस्थाले नेपालमा पछिल्लो १ वर्षमा मात्रै नेपालमा थप २० हजार ५ सय ८ क्यान्सरका बिरामी थपिएको जनाएको हो ।


ADVERTISEMENT


कार्यक्रमको सो अवसरमा बोल्दै संस्थाका कार्यवाहक अध्यक्ष महेश श्रेष्ठले क्यान्सरको मुख्य कारण सुतिजन्य पदार्थ रहेकाले यसको न्युनीकरणका लागि सरकारी तहबाट नै शतप्रतिशत कर लगाउनुपर्नेमा जोड दिएका छन् । यसका लागि दवाबमुलक हस्ताक्षर संकलन कार्यक्रमको आयोजना भइरहेको उनले जनाए ।


ADVERTISEMENT

# # #


संकलित सो उक्त हस्ताक्षर ‘विश्व क्यान्सर दिवस’ को अवसरमा सरकारलाई बुझाईनेछ ।

नेपाल र विश्वको तथ्यांकलाई हेर्ने हो भने, हाल विश्वमा कुल १ करोड ९२ लाख ९२ हजार ७ सय ८९ क्यान्सर पिडित रहेका छन्, भने त्यसमध्ये झण्डै १ करोड बिरामीको मृत्यु भएको देखिन्छ । यस्तै, नेपालको सन्दर्भमा, हाल करिब ५० देखि ६० हजारको हाराहारीमा क्यान्सर पिडित रहेको अनुमान गरिएको छ ।

यसैगरि, क्यान्सरकै कारण १ वर्षको अवधिमा ज्यान गुमाउनेको संख्या १३ हजार ६ सय २९ रहेको तथ्यांकले देखाएको छ । मृत्युको यस वार्षिक संख्यालाई दैनिकीमा रुपान्तरण गर्ने हो, भने क्यान्सरकै कारण नेपालमा दैनिक ज्यान गुमाउनेको संख्या ३७ रहेको छ ।

अर्कातर्फ, विगत ५ वर्षमा करिब ४३ हजार क्यान्सर पिडित भने पूर्ण रुपले निको भएका छन्।

‘क्यान्सर लागेर भन्दा पनि क्यान्सरको उपचार पनि सम्भव छ’ भन्ने जनचेतनाको अभावमा कयौँले ज्यान गुमाउनु परेको अवस्थालाई मध्यनजर गर्दै जनमानसमा क्यान्सरसम्बन्धि जनचेतना अभिवृद्धिका लागि अन्र्तराष्ट्रिय संस्था यु.आई.सि.सिले प्रत्येक वर्ष फेब्रुअरी ४ मा ‘विश्व क्यान्सर दिवस’ मनाउँदै आएको छ । सोहि अवसरमा नेपालमा पनि ‘आई एम एण्ड आई विल’ अर्थात्, ‘म हुँ र म गर्छु’ भन्ने नाराका साथ नेपाल क्यान्सर अर्बुद रोग निवारण संस्थाले जिल्लाका आफ्ना शाखामार्फत ७७ वटै जिल्लामा सो दिवस मनाउने कार्यक्रम रहेको छ ।

सोहि अवसरमा क्यान्सरबाट मृत्यु भएका विश्वभरका आत्मा तथा क्यान्सर रोगीको शिघ्र स्वास्थ्य लाभ कामनामा दीप प्रज्वलनको कार्यक्रम समेत गरिने संस्थाले जनाएको छ ।