सिन्धुली– जिल्ला निर्वाचन कार्यालयले निर्वाचन आयोगसमक्ष सात मतदानस्थल थप्न सिफारिस गरेको छ । मतदान गर्न अपायक परेका क्षेत्रका मतदातालाई पायक पार्ने गरी मतदानस्थल थप गर्न सिफारिस गरिएको हो ।


ADVERTISEMENT


कार्यालयका निर्वाचन अधिकारी खिलबहादुर दर्लामीका अनुसार, तीनपाटन गाउँपालिका ३ जोगे, ४ को सालुके र ९ को सिम्लेमा मतदानस्थल थप्न सिफारिश भएको हो । यस्तै, कमलामाई नगरपालिका–११ फालचुरी, १२ को टन्सार र कुण्डेश्वरीमा र गोलन्जोर गाउँपालिकाको नाकाजोलिमा मतदानस्थल थप्न भनिएको छ ।


ADVERTISEMENT

# # #


नागरिकले धेरै टाढा, घण्टौँसम्म पैदल हिँडेर मतदान गर्दै आएको र भूगोल र मतदाताको सङ्ख्याका आधारमा मतदानस्थल थप गर्न जिल्लामा भएको सहमतिका आधारमा आयोगलाई सिफारिस गरिएको उनले बताए ।

निर्वाचन कार्यालयले वैशाख १७ र २७ गते हुने निर्वाचनका लागि केन्द्रको तयारीअनुसार नै कार्यक्रम र गतिविधि सञ्चालन गर्दै आएको छ । आयोगमा कार्यालयले कार्यतालिका अनुरुप नै मतदाताको नामावली अद्यावधिक गर्नसमेत पठाएको जानकारी दर्लामीले दिए । २०७४ सालमा एक लाख ८१ हजार ५ सय २६ मतदाता रहेका थिए ।

कार्यालमा पुस ५ गतेसम्म फोटोसहितको मतदाता नामावलीमा समावेश भएका एक लाख ९२ हजार ३ सय ९५ जनाको फोटोसहितको नामावली निर्वाचन आयोगमा पठाइएको छ । रासस