काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले भोलि देशव्यापी आम हड्तालको घोषणा गरेको छ ।


ADVERTISEMENT


बधुबार सरकारले संवैधानिक निकायमा नियुक्त भएकाहरुलाई संसदीय सुनुवाई बिना नै असंवैधानिक तरिकाले शपथ ग्रहरण गराएको भन्दै प्रचण्ड–नेपाल समूहले भोलि आम हड्ताल गर्ने घोषणा गरेको हो ।


ADVERTISEMENT

# # #


बुधबार आम हड्तालको घोषणा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले बिहीबार हुने आमहड्ताल पूर्णरुपमा शान्तिपूर्ण हुने जानकारी दिएका छन् । आमहड्तालमा भोलि कुनै पनि सवारी चलाउन पाइने छैन ।यसबाहेक पानी, दूध, खाद्यान्ह, एम्बुलेन्स लगायतका अत्यावश्यक सवारी साधानहरुलाई रोकिने छैन ।

यातायात, पसल, उद्योग, व्यवसाय, कलकारखाना, शिक्षणसंस्था बन्द हुनेछन् । विद्यार्थीको परीक्षा सञ्चालनमा भने कुनै अवरोध नहुने प्रवक्ता श्रेष्ठले जानकारी दिए । उनले परीक्षा भएका विद्यार्थीहरुले आफ्नो परीक्षा प्रवेश पत्र देखाएर सवारी चलाउन पाउने बताए ।

प्रतिनिधिसभा विघटनविरुद्ध निरन्तर आन्दोलन गर्दै आएको नेकपा प्रचण्ड–नेपाल समूहले आजै साँझ देशव्यापी मसाल जुलुसको कार्यक्रम पनि राखेको छ ।