काठमाडौँ – सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रचण्ड नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।


ADVERTISEMENT


अदालतको अवहेलना गरेको मुद्दामा बुधबार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रचण्डलाई ७ दिनभित्र आफैं लिखित जवाफ पेश गर्न आदेश दिएको हो ।


ADVERTISEMENT

# # #


दाहालविरुद्ध अधिवक्ता समीर हायूले सोमबार निवेदन दर्ता गरेका थिए । निवेदनमा प्रचण्डले सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दामा विभिन्न सभाहरूमा बोल्नुका साथै न्यायाधीशहरूलाई लक्षित गरेर अभिव्यक्ति दिएको आरोप लगाइएको थियो ।

यसअघि सर्वोच्चले प्रधानमन्त्री केपी शर्माओली, पूर्व प्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध परेको अवहेलना मुद्दामा पनि यस्तै आदेश दिएको थियो ।