काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा. गणेशराज जोशीले नेपालको संविधानबमोजिम आजदेखि लागू हुने गरी आयुक्त पदबाट राजीनामा दिएका छन् । भर्खरै आयोगको प्रमुख आयुक्तमा नियुक्त भएका प्रेमकुमार राईको मातहतमा बसेर आफु काम गर्न नसक्ने कारण देखाउँदै उनले राजीनामा दिएका हुन् ।


ADVERTISEMENT


उनले संविधानको धारा २३८ को उपधारा (४) को खण्ड (क) बमोजिम लिखित राजीनामा दिनुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता जगनाथ पन्तले आज विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


वि.सं २०७१ मा अख्तियारको आयुक्तमा पद ग्रहण गरेका जोशीले आउदो चैत्र १९ गते अवकाश लिदैँ थिए । आफ्नो कार्यकाल सकिन २ महिना मात्रै भएको समयमा उनले राजीनामा दिएका हुन् ।रासस