झापा– गएराति बससँग मोटरसाइकल ठोक्किँदा एकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय झिलझिलेका अनुसार, पूर्वपश्चिम लोकमार्गअन्तर्गत शिवसताक्षी नगरपालिका ११ झरना पुलस्थित सडकखण्डमा साँझ ६ः४० बजेतिर पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १ ख १९८० नं को बसलाई विपरीत दिशाबाट आउँदै गरेको बा ५६ प २९५८ नंको मोटरसाइकलले ठक्कर दिँदा त्यसका चालक ४० वर्षीय पूर्ण कडरियाको मृत्यु भएको हो ।


ADVERTISEMENT


दुर्घटनाबाट गम्भीर भएका कडरियाको उपचारका क्रममा विर्तामोडस्थित बिएण्डसी अस्पतालमा राति नै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मृतकसँगै सवार सोही ठाउँका २८ वर्षीय शङ्कर तामाङको बिएण्डसी अस्पतालमा नै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले बताए ।


ADVERTISEMENT

# # #


प्रहरीले दुर्घटनामा संलग्न बस र चालक मेचीनगर नपा–६ बस्ने ५० वर्षीय मानबहादुर रसाइलीलाई आवश्यक अनुसन्धानका लागि इप्रका झिलझिलेले नियन्त्रणमा लिएको उनले जानकारी दिए । रासस