दोलखा– वृन्दावनदेखि साहित्यिक पार्कसम्म प्रधानमन्त्री रोगजगार कार्यक्रमअन्तर्गतको रु २० लाख ६८ हजार खर्च गरी भीमेश्वर नगरपालिकाले जिलु क्षेत्रमा हाइकिङ रुट निर्माण गरेको छ । वृन्दावनबाट गौरीशङ्कर हिमाल, तामाकोशी नदी, शैलुङ र हनुमन्तेका भीमकाय पहाडको मनमोहक दृश्य अवलोकन गर्दै साहित्यक पार्कसम्म यात्रा गर्न सो पदमार्ग निर्माण गरिएको हो ।


ADVERTISEMENT


सदरमुकाम चरीकोटबाट एक किलोमिटरको दूरीमा पर्ने सो पदमार्ग आन्तरिक तथा बाह्य पर्यटकका लागि प्रातः भ्रमण गर्ने उपयुक्त गन्तव्य बनेको छ । उक्त पदमार्ग निर्माणले यहाँका नागरिकको आर्थिक अवस्थामा मजबुत बन्नसक्ने अनुमान गरिएको छ । नगरपालिकाले प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजनामा आएको रु ५१ लाख ७० हजारमध्ये रु २० लाख ६८ हजार लगानी गरेको नगरपालिकाका प्रवक्ता एवं वडा नं ४ का वडाध्यक्ष हरिवंश चौलागाईले बताए।


ADVERTISEMENT

# # #


पदमार्ग निर्माणले पर्यटक भित्र्याइ स्थानीयलाई रोजगार सिर्जना गर्ने उद्देश्य रहेको नगरपालिकाका रोजगार संयोजक डम्बर ओलीले बताए । आन्तरिक पर्यटन भित्र्याउन नगरपालिकाको अगुवाइमा सिँढी बनाउने काम गरिरहेको बताउँदै मजदूर तिलक सापकोटाले भने; ‘२०/२० जनाको समूह बनाई महिला पुरुष दुवैले समान ज्याला लिने गरी समान काम गिर रहेका छौँ । रासस