काठमाडौं – नेपालका लागि टीभीएस मोटरसाइकल तथा स्कुटरको एक मात्रआधिकारिक वितरक जगदम्बामोटर्स प्रा.लि.ले “डाउनलोड एन्ड विन”अभियानको विजेता घोषणा गरेको छ । उक्त अभियानमा काठमाडौं कुसुन्तीका अनिल प्रधान विजेता बन्न सफल भएका छन् ।


ADVERTISEMENT


टिभीएसका स्टीकर डाउनलोड गरेर विजेता बन्न सफल भएका प्रधानलाई कम्पनीका जनरल म्यानेजर–सेल्स एण्ड बिजनेस डेभ्लपमेन्ट दीपकप्रसाद रौनियारले ब्रान्ड न्यू टीभीएस जेष्ट स्कुटरको चावी हस्तान्तरण गरेका हुन् ।


ADVERTISEMENT

# # #


उक्त अभियान भाइवरसँगको सहकार्यमा १९ अक्टोवर २०२० देखि सुरु भएर तीन महिनासम्म चलेको थियो । यस अभियानमा ग्राहकहरुले भाइवरमा टिभीएस दशैंको आशानामक स्टीकर डाउनलोड गरेर नयाँ टिभीएस जेष्ट स्कुटर सक्ने अवसर पाएका थिए ।

एपीएसी राकुटेन भाइवरका वरिष्ठ निर्देशक डेभिड टीसीले जगदम्बामोटर्स टिभीसँग साझेदारीमा रहेकोमा गर्व गर्दै आगामीदिनमा टिभीसँगको साझेदारीलाई अझ सुदृढ पार्न अगाडि बढिरहेने र रमाइलो उपहारहरु प्रदान गर्ने बताए ।

यस्तै जगदम्बा मोटर्सका जनरल म्यानेजर–सेल्स् एण्ड बिजनेस डेभ्लपमेन्ट रौनियारले ब्रान्डसँग सम्बद्ध ग्राहकहरुलाई डिजिटल रुपमा संलग्न गराउनुका साथै उनीहरुको वीवनमा रमाइलो र उत्साहप्रदान गर्न टिभीएससँग सहकार्य गरेकोमा राकेटुन भाइवर प्रति आभारी प्रकट गरे । उनले देशभरबाट ग्राहकको व्यापक सहभागिताले निकै खुसी व्यक्त गरे ।